तुइन बिस्थापनका लागि गायिका आनीको एक करोड सहयोग


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापनका लागी गायिका आनी छोइङ डोल्मा शेर्पाले एक करोड रुपैयाँ सहयोग प्रदान गरेकी छन् ।

बुधबार नेपालका विभिन्न टीभीबाट एकसाथ प्रसारित कार्यक्रम जनतासँग प्रधानमन्त्रीमा गायिका आनीले ब्यक्तिगत रुपमा सो रकम प्रदान गरेकी हुन् ।गायिका शेर्पाले लामो समयपछि मुलुकमा एकल बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्ट्रको चाहनालाई सार्थकतापूर्वक अघि बढाउन शुभकामना समेत दिईन् ।

आफू प्रधानमन्त्रीबाट हटेपछि सरकारले तुइन बिस्थापनका लागि बजेट नै काटिदिएका कारण दुई वर्षमा बिस्थापन गर्ने आफ्नो लक्ष्य पूरा हुन नसकेको कार्यक्रममा बताए ।

गायिका आनीले पहाडी वस्तीहरुमा तुइनबाट कष्ठकर यात्रा गरेको देखेपछि आफूले तुइन बिस्थापनका लागि रकम जम्मा गर्न थालेको बताइन् । कार्यक्रममा प्रधानमन्त्रीले तुइन हटाएरै छाडिने भन्दै आफ्नो एक महिनाको तलब पनि सोही कोषमा प्रदान गर्ने घोषणा गरे

प्रतिक्रिया दिनुहोस
Advertisement