मंगलबार तपाईंको भाग्यफल कस्तो रहनेछ ?


काठमाण्डु – वि.सं.२०७७ साल माघ ०६ गते । मंगलबार । ईश्वी सन् २०२१ जनवरी १९ तारिख । नेपाल संवत् ११४१ ।काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै सघर्ष गर्नुपर्ला । वैदेशिक क्षेत्रसँग सम्बन्धीत व्यावसाय भने फस्टाएर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा मन जानेछ भने बैकिङ क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । सवारी साधन प्राप्तीको योगलाई नकार्न सकिदैन ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तीत रहनेछ । शारिरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरी मनग्गे आम्दानी गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको गतिलो उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई हराउदै नतिजा तपार्ईँ आफ्नै पोल्टोमा पार्न सकिनेछ ।  बिवादित विषयहरुको निर्णय तपार्ईँ आफ्नै पक्षमा आउने हुनाले खुसीले उचाई नाघ्नेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पती लाभ हुनेछ भने उपाहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ । मनग्गे धन आर्जन गर्न सकिने हुनाले ईच्छित कामनाहरु पुरा हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । बिभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्र स्थानमा तपार्ईँको नाम आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  माया प्रेममा रमाउन चाहानेहरुका लागी समय राम्रो रहेकोछ । पढाइ लेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुनेयोग रहेकोछ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाईलो यात्रा हुनेछ । धर्म कर्ममा मन जाने हुनाले मन्दिर तथा धार्मिक स्थलको यात्रा हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविश्यमा मनग्गे धन लाभ हुनेछ । प्रेममा रमाउन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement