‘टिम म्यानेजर’ बनेर टोकियो ओलम्पिकमा जाँदै वामदेव पत्नी तुलसा


काठमाण्डु – नेकपा एमालेका नेता वामदेव गौतमकी पत्नी तुलसा थापा टोकियो ओलम्पिकमा सहभागी हुने भएकी छन् । शुक्रबारदेखि सुरु हुने टोकियो ओलम्पिकमा सांसद समेत रहेकी थापा जुडोको टिम म्यानेजर भएर सहभागी हुने भएकी हुन् ।

नेपालबाट टोकियो ओलम्पिकमा चार खेलमा पाँच खेलाडी सहभागी हुँदैछन्  । खेलाडीहरुको साथमा चार प्रशिक्षक पनि हुनेछन । तर, व्यवस्थापकका नाममा १५ खेल पदाधिकारी टोकियो जाँदै छन् ।

नेपालले जुडोसँगै सुटिङ, पौडी र आर्चरीमा प्रतिस्पर्धा गर्दै छ । तुलसा थापा नेपाल कबड्डी संघकी अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटी (एनओसी)की सचिव पनि हुन ।

नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले एनओसीले तुलसालाई व्यवस्थापकका रूपमा पठाउने निर्णय गरेको बताए ।

ओलम्पिकमा सहभागी खेलाडी :
कल्पना परियार (सुटिङ), सोनिय भट्ट (जुडो), सरस्वती चौधरी (एथलेटिक्स), गौरिका सिंह (पौडी), एलेक्जान्डर गडिगाड शाह (पौडी)

प्रतिक्रिया दिनुहोस
Advertisement