काठमाण्डु – प्रहरीले टिकटकर तुलसा अधिकारीलाई पक्राउ गरेको छ । उनलाई शनिवार राति थाइल्यान्डबाट पक्राउ गरेर काठमाण्डु ल्याइएको हो ।
प्रहरीले उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरेको हो ।
अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ । उनलाई थुनछेक प्रयोजनको लागि अदालतमा उपस्थित गराइने ललितपुर प्रहरीले जनाएको छ ।
उनीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरेर सरकारी वकिल कार्यालयले मुद्दा दायर भएको थियो ।
अधिकारीविरुद्ध ललितपुरका एकजना व्यवसायीले जाहेरी दिएका थिए । मुद्दामा अधिकारी सहित १० जना प्रतिवादी छन् ।
तुल्सा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीले व्यवसायीलाई बलात्कार मुद्दामा फसाउँछु भनेर लगातार ब्ल्याकमेलिङ गरेको आरोप लगाएका छन् । ब्ल्याकमेलिङ गरेर अधिकारीले आफूसँग ४ करोड ५० लाख बराबरको नगद र जिन्सी लिएको व्यवसायीले दाबी गरेका छन् ।




प्रतिक्रिया