भृकुटीमण्डपमा टीभीएसको ७ दिने ‘महामेला’ सुरु

भृकुटीमण्डपमा टीभीएसको ७ दिने ‘महामेला’ सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – टीभीएस दुईपाङ्ग्रे सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाण्डुको भृकुटीमण्डपमा ७ दिने विशेष अटोमोटिभ इभेन्ट ‘टीभीएसमा अपग्रेड हान्नेलाई अचम्मैको डील’ सुरु गरेको छ ।

बुधबारदेखि १९ गतेसम्म सञ्चालन हुने मेलाको मुख्य उद्देश्य ग्राहकहरूका लागि नयाँ टीभीएस मोटरसाइकल तथा स्कुटरको खरिद प्रक्रियालाई अझ सहज र बढी फाइदाजनक बनाउनु रहेको कम्पनीले जनाएको छ ।

यस वर्षकै सबैभन्दा ठूलो टीभीएस दुईपाङ्ग्रे मेलाका रूपमा हेरिएको यस कार्निभलमा ग्राहक तथा मोटरसाइकल प्रेमीहरूले टीभीएसका सम्पूर्ण उपलब्ध मोडलहरू एकै ठाउँमा अवलोकन गर्न पाउनेछन् । मेला अवधिभर ग्राहकका लागि विशेष एक्सचेन्ज अफर, सरल फाइनान्स सुविधा, नयाँ उत्पादनहरूको अनावरण र लाइभ मनोरञ्जनका कार्यक्रमहरू समावेश गरिएको छ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले मेलाबारे जानकारी दिँदै भने, ‘यो इभेन्ट हरेक नेपाली परिवारका लागि प्रिमियम दुईपाङ्ग्रे सवारीको स्वामित्वलाई साँच्चै सहज बनाउने हाम्रो एउटा प्रयास हो । उत्कृष्ट एक्सचेन्ज रेट, सहज फाइनान्स विकल्प र उत्साहजनक मेलाको वातावरणसहित हामी सबै ग्राहकहरूलाई भृकुटीमण्डपमा आमन्त्रण गर्दछौँ ।’

मेलामा सहभागी हुने ग्राहकहरूका लागि कम्पनीले विभिन्न आकर्षक योजनाहरू सार्वजनिक गरेको छ । ग्राहकहरूले जुनसुकै ब्रान्डको आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर ल्याएर पूर्ण मूल्य अभिवृद्धि लाभसहित नयाँ टीभीएस सवारीसँग साट्न (एक्सचेन्ज गर्न) सक्नेछन् । दैनिक मात्र १३९ रुपैयाँबाट सुरु हुने सरल किस्ताबन्दीको व्यवस्था गरिएको छ । छनोट गरिएका टीभीएसका मोडलहरूमा आकर्षक नगद छुटको व्यवस्था छ ।

तत्काल ऋण स्वीकृतिको लागि ग्राहकले केवल आफ्नो नागरिकता र सवारी चालक अनुमति पत्र (लाइसेन्स) मात्र पेस गरे पुग्नेछ । नयाँ सवारीसाधन खरिद गर्दा ग्राहकले आकर्षक एसेसोरिजहरू नि:शुल्क पाउनेछन् भने सबै मोडलहरूमा लाइफटायम (आजीवन) वारेन्टी समेत उपलब्ध गराइएको छ ।

व्यावसायिक अफरहरूका अतिरिक्त मेलालाई पारिवारिक मनोरञ्जनको केन्द्र बनाउन विभिन्न गतिविधिहरू थपिएका छन् । मोटरसाइकल चालकहरूका लागि ‘जिमखाना राइडिङ प्रतिष्पर्धा’ आयोजना गरिएको छ भने नयाँ मोडलहरू कुदाएर हेर्नका लागि ‘टेस्ट राइड जोन’को व्यवस्था छ । विभिन्न रमाइला खेलहरूका लागि ‘गेम जोन’ र आगन्तुकहरूका लागि ओखलढुङ्गा, नेवारी तथा विभिन्न स्वादका परिकार उपलब्ध हुने ‘फूड स्टलहरू’ समेत मेलामा राखिएका छन् ।

नियम र शर्तहरू लागू हुने मेला जेठ १९ गतेसम्म भृकुटीमण्डपमा बिहानदेखि साँझसम्म सबै सर्वसाधारण, ग्राहक तथा सवारी उत्साहीहरूका लागि खुला रहने आयोजकले जनाएको छ ।