जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन


काठमाण्डु –  नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड विजया दशमीको पहिलो दिन अर्थात घटस्थापनाको पावन अवसरमा थप ३ शोरुमको उद्घाटन गरेको छ ।

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्रकुमार अधिकारीको प्रमुख अतिथ्यमा परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्राली, बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख अतिथ्यमा काठमाडौंको कपनमा यु आर मोटर्स एन्टरप्राइज प्राली र जिल्ला उद्योग बाणिज्य संघ घोराहीका अध्यक्ष टंक बुढाथोकीको प्रमुख अतिथ्यमा दाङ्गको घोराहीमा नेबेल टे«डिङ्ग गरि ३ शोरुम एकै दिन उद्घाटन गरिएको हो ।

कम्पनीले नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement