काठमाण्डु-चितवनमा दुईवटा ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते छन् ।
भरतपुर महानगरपालिका–१ भतेरी जङ्गलस्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको ना ६ ख ५९९६ नं.को कन्टेनर र विपरीत दिशाबाट आउदै गरेको डीडी ०१ एल ९१६१ भारतीय नम्बरको ट्रक आज बिहान एक आपसमा ठोक्किएको थियो ।
दुर्घटनामा भारतीय नम्बर भएको ट्रकका चालक भारत उत्तर प्रदेशका २४ वर्षीय हेहताव आलम र ना ६ ख ५९९६ नम्बरको कन्टेनर चालक पर्सा विरगञ्ज महानगरपालिका २४ का अन्दाजी ४० वर्षका प्रमोद पटेलको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका दुबैजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै भारतीय नम्बर प्लेटको ट्रकका सह चालक भारतको गोरखपुर जिल्लाका वर्ष २२ का सावन अहमद घाइते भएका छन ्। उनको अवस्था गम्भीर रहेको तथा नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
प्रतिक्रिया