१९ वर्षमुनिको एशिया कप क्रिकेट : उपाधिका लागि भारत र बङ्गलादेशले खेल्दै

१९ वर्षमुनिको एशिया कप क्रिकेट : उपाधिका लागि भारत र बङ्गलादेशले खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-१९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटको उपाधिका लागि भारत र बङ्गलादेशले खेल्ने भएका छन् । हिजो भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले पाकिस्तानलाई र दोस्रो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका हुन् ।

बङ्गलादेशले पाकिस्तानलाई ७ विकेटले हरायो । पाकिस्तानले दिएको १ सय १७ रनको लक्ष्य बङ्गलादेशले २२ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान ३७ ओभरमा १ सय १६ रनमा अलआउट भयो ।

यस्तै अर्काे खेलमा भारतले श्रीलङ्कालाई ७ विकेटले हरायो । श्रीलङ्काले दिएको १ सय ७४ रनको लक्ष्य भारतले १ सय ७० बलअघि नै मात्र ३ विकेट गुमाएर भेटायो । यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलङ्का ४६ ओभर २ बलमा १ सय ७३ रनमा अलआउट भयो । फाइनल खेल भोलि आइतवार हुनेछ ।

एशियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा यूएईमा भइरहेको पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपाल पनि सहभागी भएको थियो । नेपालले अफगानिस्तानसँगको खेल जिते पनि समूह चरणबाटै बाहिरिएको थियो ।