एसीसी यू–१९ एसिया कप खेल्न टोली घोषणा, काे काे परे ?

एसीसी यू–१९ एसिया कप खेल्न टोली घोषणा, काे काे परे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू–१९ एसिया कप खेल्न टोली घोषणा गरेको छ । क्यानले आइतबार बिहान हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन्।

टोलीमा अर्जुन कुमाल (उपकप्तान), आकाश त्रिपाठी, उत्तम थापा मगर, मयान यादव, नरेन साउद, युनिस विक्रक सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, प्रजित पौडेल, अविशेष तिवारी र रन्जित कुमार छन्।

यू–१९ एसिया कप यूएईमा नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म सञ्चालन हुनेछ।