यु-१९ महिला विश्वकपका १५ खेल नेपालमा हुने

यु-१९ महिला विश्वकपका १५ खेल नेपालमा हुने

समूह ‘ए’ मा नेपालसँगै भारत, आयरल्याण्ड र वेष्ट इन्डिज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेपाल र बङ्गलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपालमा हुने भएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकामा प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा राखिएका हुन्।

नेपालमा हुने खेल त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।

जनवरी २१ देखि फेब्रुअरी ६ सम्म आयोजना हुने प्रतियोगितामा नेपाल सहआयोजक रहेको छ। प्रतियोगितामा नेपालले समूह चरणमा भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग खेल्नेछ।

नेपालले पहिलोपटक यु–१९ विश्वकप आयोजना गर्ने अवसर प्राप्त गरेको हो।