बलात्कारका आरोपित यूएईबाट पक्राउ


काठमाडौं– बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवालाई यूएईबाट पक्राउ गरेको छ । गत असोजमा बर्दिबासको होटलमा युवतीलाई बलात्कार गर्ने सिंह लाल थिङलाई संयुक्त अरब इमिरेट्स(यूएई)बाट पक्राउ गरी नेपाल ल्याएको छ ।

उनको स्थायी ठेगाना सिन्धुलीको मनिणठाकुर रहेको प्रहरीले जनाएको छ । उनिमाथी बर्दिबासको होटल विनायकमा बोलाएर एक युवतीलाई बलात्कार गरेको आरोप थियो ।

विदेशबाट उपहार ल्याइदिएको भन्दै भेट्न बोलाएर उनले धाक धम्की दिई बलात्कार गरेको ती युवतीले जाहेरीमा उल्लेख गरेकी थिईन ।

इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेपछि यूएईको प्रहरीले उनलाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement