दुबईले दियो नेपाललाई २५५ रनको लक्ष्य


काठमाडौं – यूएईमा जारी एकदिवसीय खेल नेपालले तेस्रो तथा अन्तिम एक खेलमा २५५ रनको लक्ष्य पाएको छ। टस जितेर बलिङ गर्ने निर्णय गरेको नेपालले यूएईलाई निर्धा्रित ओभरमा पाँच विकेट लिँदै २५४ रनमा रोक्यो ।

युएईका लागि सिपी रिजवानले सर्वा्धिक रन बनाए । उनले खेलमा ४५ रन बनाएका थिए । त्यस्तै युएईका मोहम्मद उस्मानले २६ र घुलाम शब्बेरले १८ रन बनाएका थिए ।

खेलमा नेपालका करण केसीले दुई विकेट लिए भने कप्तान पारस खड्का, सन्दिप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए ।२.५ ओभरमा नेपालले पहिलो विकेट लिएको थियो ।

युएईका अस्फाक अहमद सोमपाल कामीको बलमा शून्य रनमै आउट भए । त्यस्तै ५.६ ओभरमा नेपालले दोस्रो विकेट लिएको थियो । ओपनर चिराग सुरी पनि शून्य रनमै आउट भए । १९.४ ओभरमा घुलाम शब्बेर १८ रनमा आउट भए भने २०.२ ओभरमा मोहम्मद उस्मान २६ रन बनाउँदै आउट भए ।

प्रतिक्रिया दिनुहोस
Advertisement