युएईले नेपाललाई दियो १६५ रनको लक्ष्य


काठमाण्डु – त्रिदेशीय टी-२० सिरिजमा युएईले नेपाललाई १६५ रनको लक्ष्य दिएको छ । सोमबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाएको

यूएईका लागि बसिल हमिद र वृत्य अरविन्द दुवै अर्धशतक बनाउन ५ रनले चुके । उनीहरुले समान ४५/४५ रनको योगदान गरे । कप्तान मुहमद वसीमले ८ रन, खालिद शाहले १२ रन बनाउँदा आसिफ खानले १८ रन, आलिशान सराफुले ९ रन, नसिर अलीले ९ रन, अकिफ राजाले ५ रन र निलांश केश्वनीले ८ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र अभिनाश बोहोराले २/२ विकेट लिँदा गुलशन झा र करन केसीले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement