युएईद्वारा जीतका लागि नेपालसामु १०८ रनको लक्ष्य


काठमाडौँ – घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)ले दोस्रो टी–२० क्रिकेटमा नेपाललाई जीतका लागि १०८ रनको लक्ष्य दिएको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०७ रन मात्र बनाउनसक्यो ।

युएइका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडे । यस्तै शाइमन अनवरले १४ र मोहमद बोताले ११ रन बनाए । युएइका छ ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । युएईलाई थोरैमा समेट्न नेपालका अविनाश बोहराले तीन तथा सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले दुई-दुई विकेट लिए ।

नेपालविरुद्धको तीन खेलको टी–२० सिरिजमा युएई १-० ले अघि छ । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । आज नेपाल जीत निकाल्दै सिरिज १-१ को बराबरी गर्न चाहन्छ । आजको खेलमा पराजय व्यहोरेमा नेपालले एक खेलअगाबै सिरिज गुमाउनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement