सन्दिको घातक बलिङ, यूएईले दियो नेपाललाई २५५ रनको लक्ष्य


काठमाडौं– एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र युएईबीच भएको खेलमा नेपालले जितका लागि २५५ रनको लक्ष्य पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा टस हारेर पहिलो ब्याटिङ रोजेको यूएइले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको छ ।

खेलमा नेपालका लागी सन्दीप लामिछानेले चार विकेट लिएका छन् । युएइका लागि ओपनर चिराग सुरीले सवैभन्दा बढी ६५ रन बनाएका थिए । उनले सात चौका र एक छक्का प्रहार गरो थिए । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रनको योगदान दिए ।

दोस्रो खेलमा नेपालका लागी वसन्त रेग्मी र सोमापाल कामीले समान दुई–दुई विकेट लिए । पहिलो खेलमा बुधबार नेपाल ओमानसँग पराजित भएको थियो । यूएईसंगको खेलमा नेपालसामु जसरी पनि जित्नैपर्ने बाध्यता छ ।

नेपालले खेलमा ब्याटिङ सुरु गरिसकेको छ । नेपालले समाचार तयार पार्दासम्म ७ ओभरमा २४ रन जोडेको छ । ओपनर ज्ञानेन्द्र मल्ल ४ रन बनाएर आउट भइसकेका छन् । अहिले कप्तान पारस खड्का र सुवास खकुरेल क्रिजमा रहेका छन् ।

Current Run Rate

3.12

Ground time: 14:32
ODI CAREER
BATSMEN R B 4s 6s SR This Bowler Last 5 ovs mat runs hs ave
Paras Khadka*(rhb) 8 17 1 0 47.05 4(8b) 7(14b) 3 71 51 35.50
Subash Khakurel(rhb) 7 27 0 0 25.92 3(16b) 6(16b) 2 26 19 26.00
BOWLERS O M R W Econ 0s 4s 6s This Spell mat wkts bbi ave
Mohammad Naveed(rm) 4 0 12 1 3.00 19 2 0 32 43 5/28 34.27
Amir Hayat(rm) 4 0 12 0 3.00 18 0 0 6 3 1/13 85.33
In-play betting with bet365. Bet now
Current Partnership :

21 runs, 7.2 overs, RR: 2.86

Last Bat :

G Malla c †Abdul Shakoor b Mohammad Naveed 4 ( 4b 1X4 0X6) SR: 100.00

FoW :

4/1 (0.4 ov)

प्रतिक्रिया दिनुहोस
Advertisement