यूएईमा नेपालीले जिते ८२ करोड रूपैयाँको चिठ्ठा


काठमाण्डु – कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पाललाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ ।

कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका छन्।

पालले जनवरी १६ मा खरिद गरेको चिठा नम्बर २३२९३६ मार्फत उक्त रकम जित्न सफल भएका हुन् । उनी विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा काम गर्दै आएका थिए ।

उक्त रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित बनेका पालले उक्त सम्पूर्ण रकम नेपालमा अवस्थित परिवारलाई पठाउने बताएका छन् । ‘मलाई विश्वासनै लागि रहेको छैन । म यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्ने आशा गर्छु।’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement