युएइका राजदूतलाई बोलाएर महिलामन्त्रीले राखिन् महिला कामदारको सुरक्षाबारे चासो


काठमाडौं– महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले महिला कामदारको सुरक्षाका बारेमा चासो दिएकी छिन् । नेपालका लागि युएइका राजदूत सायद हम्दान अल नाक्बीसँग सोमबार आफ्नै मन्त्रालयमा भेटवार्ता गर्दै राजदूतको ध्यानाकर्षण गराएकी हुन ।

 

 

 भेटमा मन्त्री कोइरालाले युएइमा काम गर्न जाने महिला कामदारको सुरक्षाप्रति गम्भिर हुन आग्रह गरेकी थिईन । उनले महिला कामदारको सुरक्षाप्रती नेपाल सरकारको गम्भिर चासो रहेको समेत राजदूतलाई सुनाएकी थिईन ।

 

 

उनले राजदूतसंगको भेटमा बैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुलाई युएइले गरेको सहयोगप्रति धन्यवाद दिदै रोजगारीका लागी युएइ पुगेका महिला कामदारको सुरक्षामा पनि गम्भिर हुन आग्रह गरेकी थिईन ।

 

 

माओवादी केन्द्रकी नेतृसमेत रहेकी मन्त्री कोइरालाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा युएइसँग मिलेर काम गर्ने नेपालको सरकारको चाहना पनि राजदूत नाक्वी समक्ष व्यक्त गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस
Advertisement