तत्काल सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्दैनौंः प्रवक्ता खतिवडा


काठमाडौं – सरकारका प्रवक्ता, अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले सरकारले तत्काल भारतसँगको सीमा विवादलाई अन्तर्राष्ट्रियकरण नगर्ने स्पष्ट पारेका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले नेपालसँग भएका प्रमाणका आधारमा भारतले नेपालको जमिन फिर्ता दिने बताएका छन् ।

मन्त्री खतिवडाले सरकारले वार्ता र कूटनीतिक प्रयासबाट प्रमाणका आधारमा सीमा समस्याको सहज समाधान गर्ने बताएका छन् ।

उनले भने, ‘हामीलाई आशा छ । सरकारलाई आशा छ । हामीले वार्ताकै माध्यमबाट, हामीसँग भएका प्रमाणहरुका आधारबाट हामीले मित्रराष्ट्रसँग संवाद गरेरै हाम्रा ती भूमिलाई स्वतः उहाँहरुले स्वीकार गर्ने स्थितिमा पुर्‍याउन हाम्रो प्रयास रहन्छ । तर अहिले वार्ता कै माध्यमबाट समस्याको समाधान खोज्नेछौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement