उदयपुर -२ बाट नेकपा एसका खतिवडालाई पराजित गर्दै एमालेका रायमाझी निर्वाचित


उदयपुर-  उदयपुर २ बाट नेकपा एमालेका अम्बरबहादुर रायमाझी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्दै रायमाझी निर्वाचित भएका हुन् ।

रायमाझीले १५ हजार २ सय ५१ मत पाए भने खतिवडाले १२ हजार ८ सय ९३ मत पाए । नेपाली कांग्रेसका बांगी उम्मेदवार रामकुमार राईले १० हजार ३ सय ७९ मत पाएर तेस्रो स्थानमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement