बाढी अपडेट : २५ सय जना सम्पर्कविहीन, ८ हजार ७३० जनाको उद्धार

बाढी अपडेट : २५ सय जना सम्पर्कविहीन, ८ हजार ७३० जनाको उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रसुवाको भोटेकोसीसहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीपछि अझै २ हजार ५०२ जना सम्पर्कविहीन रहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार दिउँसो २ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढीमा बेपत्ता भएकामध्ये  ७६८ जनाको शव फेला परेको छ ।

प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ । तर ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्य जारी छ ।

फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा २५९ जनाको रहेको छ । त्यस्तै नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा सुरक्षा निकायको टोलीले खोज, उद्धार तथा राहतको कामलाई निरन्तरता दिइरहेको छ ।