कांग्रेस संसदीय दलका नेता थापाको राजीनामा अस्वीकृत


विराटनगर – कोशी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ ।

आज सोमबार बसेको प्रदेशसभा कांग्रेस संसदीय दलको बैठकले थापाको राजीनामा अस्वीकृत गरेको हो ।

सांसद केदार कार्कीले पार्टीबाट विद्रोह गरेर मुख्यमन्त्री बन्न एमालेको साथ लिएपछि थापाले राजीनामा दिएका थिए । त्यसपछि कांग्रेससहित सत्तारुढ गठबन्धनले मुख्यमन्त्री कार्कीलाई नै समर्थन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement