महासङ्घको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित

महासङ्घको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा वैद्यले ५६ मत प्राप्त गरी विजयी भए भने रामचन्द्र सङ्घाईले ३० मत प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य, रामचन्द्र सङ्घाई र हेमराज ढकालले मनोनयन दर्ता गरेका थिए । तर ढकालले पछि उम्मेवारी फिर्ता लिएका थिए ।

कोषाध्यक्ष पदमा विजयी मनिषलाल प्रधानले ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरे ।

६ जना केन्द्रीय सदस्य मनोनित

महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आजै २ जना महिलासहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । मनोनित हुनेहरूमा शिवप्रसाद घिमिरे, मनिषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, दर्शना श्रेष्ठ र सहारा जोशी रहेका छन् ।

महासङ्घको विधान धारा २९ को (च) १० को व्यवस्थाअनुसार सबै सदस्य समूहको प्रतिनिधित्व हुनेगरी कम्तीमा दुई जना महिलासहित सात जना सदस्य मनोनित गर्न पाउने प्रावधान छ । विधानतः बाँकी रहेको एक सदस्य पदमा भने मनोनय गर्न बाँकी छ ।