सरकारले दर्ता नगरी चलाइएका क्रसर उद्योग बन्द गर्ने


काठमाण्डु – सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कर नतिरी सञ्चालनमा रहेका क्रसरहरुलाई भने असार मसान्तसम्म तिर्ने सर्तमा खुला गर्न दिने निर्णय गरेको छ।

क्रसर उद्योग संचालनमा नआएका कारण विकास निर्माणका काममा प्रभाव परेकाले सरकारले असार मसान्तसम्मको सयम दिएर कर तिर्न र क्रसर चलाउन अनुमति दिएको हो। गृहमन्त्री रबि लामिछानेको प्रेस संयोजक नवराज पाण्डेका अनुसार असारसम्म पनि मापदण्ड पुरा नभएका उद्योग पुनः बन्द गरिनेछ ।

गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement