उद्योग मन्त्री यादवद्वारा नेपालमा लगानी गर्न आग्रह


काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालमा लगानी गर्न विभिन्न ३ देशका मन्त्रीहरुसँग आग्रह गरेका छन् । बहराइनका उद्योग मन्त्री जायद आर अलजायनी, मौरिटसका व्यापार, उद्यम मन्त्री सोमिलदुध भोलाह र श्रीलङ्काका विकास योजना तथा अन्तर्राष्ट्रिय व्यापार सहायकमन्त्री नलिन बनडारासँग भेटवार्ता गर्दै मन्त्री यादवले नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

उद्योग सचिव यामकुमारी खतिवडा, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससहितको टोलीले सोमबार गरेको भेटका क्रममा नेपालमा लगानीबारे छलफल भएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपाली दूतावास बहराइनका अनुसार, जवाफमा तीनै देशका मन्त्रीले सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।रासस

प्रतिक्रिया दिनुहोस
Advertisement