उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदै

उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उज्यालो नेपाल पार्टीको बुधबार औपचारिक घोषणा हुँदैछ । पार्टीको संरक्षकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ छन् ।

दिउँसो १ बजे प्रज्ञा भवन, कमलादीमा पार्टीको औपचारिक घोषणा हुन लागेको हो । पार्टी निर्वाचन आयोगमा भने दर्ता भइसकेको छ।

घोषणा सभाको प्रमुख अतिथि मन्त्री घिसिङ हुनेछन् । उनले पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ जारी गर्नेछन् ।

पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने पार्टीको तयारी छ ।

पार्टीले दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै नभई उज्यालो सपना साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको दाबी गरेको छ ।

प्रवक्ता डा. राजु थापाका अनुसार घोाषण सभामा पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्ययोजनालाई स्पष्ट रुपमा प्रस्तुत गरिनेछ।