बेलायतकी प्रधानमन्त्रीले पदबाट दिईन डेढ महिनामै राजीनामा


काठमाण्डु – बेलायतकी प्रधान लिज ट्रसले पदबाट बिहीबार राजीनामा दिएकी छन् । आफुले पाएको म्याण्डेडअनुसार काम गर्न नसकेको भन्दै उनले पदबाट राजीनामा दिएकी हुन् । ट्रसले बेलायतमा सबैभन्दा कम डेढ महिना मात्र प्रधानमन्त्री बन्ने अवसर पाईन ।

उनि ०५ सेप्टेम्बर २०२२ मा ऋषि सुनकलाई हराएर कन्जरभेटिम पार्टीको नेता बनेकी थिईन । ८ सेप्टेम्बरमा प्रधानमन्त्री नियुक्त भएकी ट्रसले पदबाट राजीनामा दिएसंगै ऋषि सुनाक फेरी प्रधानमन्त्री बन्ने चर्चा सुरु भएको छ ।

पार्टीभित्र विवाद बढ्दै गएपछि कन्जर्भेटिभ पार्टीका सांसदले ट्रसलाई राजीनामा दिन दबाब दिएका थिए । ट्रसको मन्त्रिपरिषदका सदस्यहरु गृहमन्त्री र अर्थमन्त्रीले पदबाट यसअघि नै राजीनामा दिएका थिए । कर कटौतिको मुद्दालाई लिएर बेलायतमा उनको आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement