युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, २१ को मृत्यु


एजेन्सी- युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । पछिल्लो घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनामा परी अरु केही घाइते भएको र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

सेर्हीभ्का भन्ने ठाउँमा रहेको नौ तले भवनमा आक्रमण भएको हो । आक्रमण भएको भवनमा झण्डै एक सय जना बस्दै आएका थिए । त्यो भवन अहिले क्षतिग्रस्त भएको छ ।

स्थानीय समय अनुसार शुक्रबार राति १ बजे आक्रमण भएको हो । घटनास्थलमा उद्धार तथा खोजी कार्य भइरहेको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement