युक्रेन विवाद : जर्मनीका नौसेनाका प्रमुखले दिए राजीनामा


एजेन्सी – जर्मनीका नौसेनाका प्रमुख के अचिम स्चोनव्याचले राजीनामा दिएका छन् । युक्रेनबारे विवादास्पद टिप्पणीपछि स्चोनव्याचले राजीनामा दिएका हुन् ।

रसियाले युक्रेनमा अतिक्रमण गर्न चाहेको विषय बकबास भएको उनले टिप्पणी गरेका थिए । उनको भनाईको जर्मनी, अमेरिका, बेलायतलगायतका देशहरुले आलोचना गरेका थिए ।

अमेरिका, बेलायतलगायतका विभिन्न देशहरुले युक्रेनलाई हतियार उपलब्ध गराएका छन् । तर, जर्मनीले भने युक्रेनले गरेको हतियार मागको आग्रह अस्वीकार गर्दै आएको छ ।

रसियाले आफूले युक्रेनमाथि अतिक्रमण गर्ने आशय नभएको बताउँदै आएको छ । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन नेटो गठबन्धनमा आवद्ध हुन नहुने बताउँदै आएका छन् । राष्ट्रपति पुटिने नेटोले सैन्य अभ्यास रोक्नुपर्ने र पूर्वी युरोपमा हतियार पठाउन नहुने बताउँदै आएका छन् ।

यसैबीच, पुटिनले मस्को समर्थित सरकार गठनको अभ्यास गरेको बेलायतले आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement