विप्लव नेकपाकी पोलिटब्युरो सदस्य भुजेल सप्तरीमा पक्राउ


सप्तरी – नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाकी नेत्री पोलिटब्युरो सदस्य उमा भुजेल आज फेरि पक्राउ परेकी छन् ।

भुजेलसँगै विप्लव नेकपाका अर्का नेता सुमनसिंह पौडेल समेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भारदहमा प्रहरीसँग अभद्र गरेको व्यवहारमा उनीहरू विरुद्ध मुद्दा चलाएको छ । अन्तरिम व्यवस्थापिकामा विधायक समेत बनेकी भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मङ्गलबार पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement