कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीले पनि दिए अख्तियारमा बयान

कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीले पनि दिए अख्तियारमा बयान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीको वयान लिएको छ । पतन्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री माधव नेपाल र तत्कालिन स्वास्थ्यमन्त्री चौधरीसहित १ दर्जन बढीसंग अख्तियारले बयान लिएको हो ।

अख्तियार स्रोतले दिएको जानकारीअनुसार चौधरीको बयान भइसकेको छ । चौधरीले भने यसमा आफ्नो संलग्नता नभएको तर नाम कसरी जोडिएर आयो भन्दै आश्चर्य व्यक्त गरेका छन् । अख्तियारको मंगलबार बसेको बैठकले हाइप्रोफाइल केसहरु अघि बढाउने निर्णय गरेको स्रोतले बतायो ।

अख्तियारमा अहिले कांग्रेस नेताहरु ज्ञानेन्द्र कार्की, मोहन बस्नेतविरुद्धको मुद्दाको अनुसन्धान चलिरहेको छ । मंगलबार मात्र उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्य जोडिएको बाल मन्दिर जग्गा हिनामिनाको मुद्दामा सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने गरेको निर्णय उल्टाउदै महान्यायाधिवक्ता रमेश बडालले मुद्दा चलाउने निर्णय गरेका थिए ।

सत्तारुढ कांग्रेस र एमालेबीच गभर्नर नियुक्तिमा खटपट भएको चर्चा चलिरहेका बेला उपप्रधानमन्त्री सिंहकी दिदीविरुद्ध बडालले गरेको निर्णयलाई कतिपयले अर्थपूर्ण रुपमा लिएका छन् । यद्यपी यसबारेमा अहिलेसम्म आधिकारीक प्रतिक्रिया भने आइसकेको छैन् ।