काठमाण्डु – नेकपा एमालेका नेता उमाशंकर अरगरियाले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले आईतबार पार्टीबाट राजीनामा दिएका हुन् ।
पार्टी प्रवेश गरेको लामो समय बितिसक्दा पनि आफूसँगै आएका साथीहरूको उचित समायोजन हुन नसकेको र कमिटीविहीन बनाइको गुनासो गर्दै उनले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका छन् ।
अरगरियाले पार्टीभित्र आधिकारिक उम्मेदवारलाई हराउनेहरूलाई दण्डित गर्नुको सट्टा पुरस्कृत गर्ने गलत परम्परा बसेको आरोप लगाएका छन् । उनले राजीनामा पत्रमा जिल्ला नेतृत्वबाट पटक–पटक अपमानित हुनुपरेको, इमानदार कार्यकर्ता अपहेलित भएको र पार्टीविरुद्ध लाग्नेहरू नै सम्मानित हुने प्रवृत्तिले आफू आजित भएको उनले गुनासो गरे ।
यसअघि उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेर एमाले प्रवेश गरेका थिए ।




प्रतिक्रिया