यसकारण सिडेन निर्वाचनमा मेरो प्यानलले जित्नैपर्छ : उमेशप्रसाद थानी


उमेशप्रसाद थानी

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को छैटौंकार्य समितिकोनिर्वाचनमा म नेतृत्वका लागि प्यानलसहित प्रतिस्पर्धामा उत्रिएको छु । विगतमा विभिन्न जिम्मेवारीमा रहँदा गरेका काम र इमानदारीपूर्वक निभाएको भूमिकाको कारणले पनि होला, साथीहरुले यसपटक तपाईं नै अध्यक्षमा उठ्नुप¥यो भन्ने प्रस्ताव गर्नुभयो ।अधिवेशन र चुनावको बेला मात्र नभएर सधै साथीहरुसँग निकट रहेर काम गर्ने स्वाभावको कारणले पनि होला मलाई साथीहरुले अघि सार्नुभएको । मलाई पनि सिडेनको नेतृत्व गरेर आर्किटेक्ट/इन्जिनियरहरुको पक्षमा काम गर्ने इच्छा थियो र छ पनि । यसरी साथीहरुको चाहना र मेरो रुचि मिलेकाले म अध्यक्षको उम्मेदवार बन्न पुगेँ ।

सिडेनलाई अघि बढाउने सम्बन्धमा हामीसँग स्पष्ट दृष्टिकोण र योजना छ। सोही आधारमा हामीले १४ बुँदे प्रतिवद्धता पत्रसमेत सार्वजनिक गरेका छौँ ।हामीले इन्जिनियरिङ पढ्दै गर्दा हाम्रा अग्रजहरुले थाल्नुभएका अभियानअझै पुरा भएका छैनन् । इन्जिनियरिङ शिक्षा ऐन र इन्जिनियरिङ शिक्षा सुधारका लागि पनि धेरै काम गर्न बाँकी छ। इन्जिनियरहरुको पेशागत हक–हित, पारिश्रमिक, सेवा–सुविधाको सवालमा पनि गर्नुपर्ने धेरै काम बाँकी नै छ । यी सबै मुद्दालार्ई तार्किक निष्कर्षमा पु¥याउनुपर्ने दायित्व हाम्रो काँधमा छ। र, मेरो नेतृत्वको प्यानल यसका लागि तयार छ ।

हाम्रो प्राथमिकता

विगतका कार्यसमितिले गरेका सकारात्मक सुधारका सबै प्रयासलाई थप प्रभावकारी बनाएर अघि बढाउनुलाई नै मैले आफ्नो कर्तव्य सम्झेको छु । विद्यमान बेथिति र संगठनात्मक निष्कृयताको अवस्थाबाट मुक्त गरी सिडेनलाई सम्पूर्ण प्रजातन्त्रवादी र देशप्रेमी इन्जिनियरहरुको साझा, समावेशी र सहभागीतामुलक संस्था बनाउनु अहिलेको प्रमुख आवश्यकता हो । हाम्रो अर्को मुद्दा संस्थागत सुशासन पनि हो ।

संस्थागत सुशासनलाई मजबुत तथा थप पारदर्शी बनाउन सिडेनद्वारा आयोजना गरिने कार्यक्रम, बैठकका सूचना, निर्णय, लेखा विवरण सम्पूर्ण सदस्यले सरल र सहज तरिकाबाट प्राप्त गर्नुपर्छ । त्यसको लागि वेबसाइट, सोसल मिडिया तथा अन्य प्लाटफर्म संचालनमा हामी ध्यान दिनेछौँ ।

सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत इन्जिनियप्रति कतिपय अवस्थामा नियोजित दुव्र्यवहारका घटना पनि हुने गरेका छन् ।साथीहरुमाथि हुने त्यस्ता गतिविधि रोक्न संगठनात्मक उपस्थिति थप बलियो हुन आवश्यक छ। राष्ट्रियस्तरका आयोजना सम्बन्धी बहस, इन्जिनियरिङ समुदायसँग प्रत्यक्ष सरोकार राख्ने कानुन तथा व्यवस्थामा हुने परिवर्तनमा सांगठनिक र बौद्धिक उपस्थिति बलियो बनाउनु हाम्रो कर्तव्य हो ।सिडेनमा आवद्ध इन्जिनियरहरुको क्षमता अभिवृद्धि गर्न तालिम आवश्यक छ। त्यसमापनि हामी काम गर्ने छौँ । हरेक हप्ता नवीन विषयहरुमा प्रत्यक्ष वा भर्चुअल माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको अन्तरक्रिया र सेमिनार आयोजनामा हामी ध्यान दिनेछौँ ।

आर्किटेक्ट काउन्सिल गठन, स्थानीय तहमा रहेका आर्किटेक्टहरुका विविध समस्याको समाधान, आर्किटेक्टहरुलाई इन्जिनियरिङ क्षेत्रमा आफ्नै पहिचान स्थापित गराउनका लागि पहल गर्नेजस्ता कार्यमा हाम्रो भूमिका महत्वपूर्ण रहनेछ ।
सिडेन केन्द्रीय कार्यालयलाई थप फराकिलो, व्यवस्थित तथा प्रविधिमैत्री बनाउनु पर्नेछ । प्रदेश र स्थानीय तहमासमेत सिडेन कार्यालय व्यवस्थापनका लागि सम्भव भएसम्मको स्रोतसाधन परिचालन गर्नु हाम्रो अर्को कर्तव्य हो ।

सिडेनको सदस्यता प्राप्तीलाई सरल, सहज र व्यवस्थित गर्नु आवश्यक छ। त्यसका निम्ति सिडेनको वेबसाइटमा आवश्यक सुधारका साथै मोबाइल एप संचालनमा ल्याउनुपर्छ । अध्ययन सकेर इन्जिनियरिङ पेशामा आवद्ध हुने तयारीमा रहेका युवा साथीहरुलाई सिडेनप्रति आकर्षित गर्नु पनि हाम्रो अर्को दायित्व हो । हामी युवा साथीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरुको शुभारम्भ गर्नेछौँ ।

यो क्षेत्रमा नयाँनयाँ प्रबिधिको आविष्कार तथा अध्ययन अनुसन्धानलाई प्रोत्साहन गर्न जरुरी छ। त्यसका लागि ‘सिडेन इनोभेसन कप’ प्रतियोगीता संचालन गर्नेछौँ । इन्जिनियरिङ क्षेत्रमा नयाँ रोजगारीका अबसरहरु सिर्जना गर्नु आवश्यक छ। पेशाकर्मीका लागि समयानुकूल सेवासुबिधा वृद्धि गर्दै लैजानुपर्छ । इन्जिनियरिङ व्यवसायको बिस्तार तथा प्रबर्र्दनका लागि नितिगत काम गर्नुपनि हाम्रो अर्को महत्वपूर्ण दायित्व हो ।

राष्ट्रिय विपदको समयमा नागरिकलाई सहयोग गर्ने संयन्त्रको विकासमा पनि हाम्रो ध्यान जानुपर्छ ।त्यसमा पनि हामी काम गर्नेछौँ ।इन्जिनियरिङ शिक्षाको गुणस्तरियता अभिवृद्धिका लागि पनि हामीले काम गर्नुपर्छ ।त्यसका लागि मापदण्डहरुको सुनिश्चितता,सर्बसुलभ र ब्यवहारिक इन्जिनियरिङ शिक्षाको व्यवस्थाको लागि सरोकारवालाहरुसँग निरन्तर समन्वय गर्नु अहिलेको हाम्रो प्राथमिकताका काम हुन् ।

त्यस्तै, भविष्यमा आउन सक्ने कोभिड–१९ जस्ता संक्रमणमा इन्जिनियरहरुको स्वास्थ्य विमा गर्ने, इन्जिनियरहरुको दुर्घटना विमा गर्नेजस्ता कुरा पनि हाम्रो प्राथमिकतामा छ ।

अन्त्यमा, साच्चै देश विकासको गतिलाई तीव्र पार्ने हो भनेयुवापुस्तालाई काम गर्ने अवसर दिनैपर्छ । जोशजाँगर भएको, नयाँ भिजन भएको, केही गर्ने तत्परता भएको र केही गर्नुपर्छ भन्ने मानसिकता बोकेको युवा पुस्ता अब देशको नेतृत्व लिन तयार छ। यसमा पुरानो पुस्तालाई विश्वस्त पार्नु हाम्रो पनि कर्तव्य हो ।यसको सुरुवात सिडेनबाट हुनुपर्छ भन्ने मेरो चाहना हो । आशा छ मलाई सबैको साथ रहनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement