कांग्रेसको बन्द सत्रबाट कोषाध्यक्ष श्रेष्ठको प्रतिवेदन पारित

कांग्रेसको बन्द सत्रबाट कोषाध्यक्ष श्रेष्ठको प्रतिवेदन पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्द सत्रबाट कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ ।

बन्द सत्रमा कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक अवस्था, आय–व्यय तथा आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि छलफलपछि बन्द सत्रले पारित गरेको हो।

प्रतिवेदन पारित भएसँगै कांग्रेसको महाधिवेशन अन्तर्गत बन्द सत्रमा प्रस्तुत गरिएका विभिन्न प्रतिवेदन पारित हुने क्रम अघि बढेको छ।