काठमाण्डु- नेकपा (एमाले) का काठमाण्डु क्षेत्र नम्बर ५ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार दीपक निरौलालाई योजनाबद्ध रूपमा फसाउन खोजिएको बताएको छ ।
निरौलासहित बुढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल शुक्रबार साँझ मतदातालाई पैसा बाँडेको आरोपमा बुढानीलकण्ठबाट पक्राउ परेका थिए ।
काठमाण्डु क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारीले एक विज्ञप्ति जारी गर्दै निरौला र डंगोल बुढानीलकण्ठमा लामो समयदेखि क्यान्सर रोगबाट पीडित पार्टीका शुभेच्छुक तोक्तान लामाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गएको दाबी गरेकी छिन् ।
‘राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाउने र पैसा बाँडेको भनी बदनाम गराउने जस्ता घृणित कार्य गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पार्टी शुभेच्छुक समेत रहनुभएका आफ्नै छिमेकीलाई भेट्न जाँदा गरिएको यस्तो हर्कतको हामी भत्र्सना गर्न चाहन्छौँ ।’, विज्ञप्तिमा भनिएको छ ।
उनले प्रहरी प्रशासनको समेत दुरुपयोग गरिएकोमा यसको छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएकी छन् ।




प्रतिक्रिया