एमाले सचिवालय बैठक भदौ १३ गते बस्ने


काठमाण्डु- मौसमका कारण स्थगित भएको नेकपा एमाले सचिवालय बैठक भदौं १३ वाट सुरु हुने भएको छ ।

आजदेखि चौथों महाधिवेसनस्थल, सिरहा हुने भनिएको सचिवालय बैठक अन्तिम समयमा हिजो मौसमका कारण स्थगित भए पछि नयाँ मितिको रुपमा भदौं १३ गते तय गरिएको हो ।

धनगढीमाई नगरपालिकास्थित सर्रे अम्बासमा हिजो देखी बैठक सुरु हुदैँ थियो । तर, निरन्तर झरी परे पछि सो बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । सिरहा एमालेका जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले १३ गते देखी सो बैठक सुचारु हुनेछ ।

उनका अनुसार बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला परेको तर निरन्तर झरीका कारण खोलामा बाढी बढेको र तर्न नसकिने अवस्था देखिए पछि बैठक स्थगित गर्नु परेको हो । बैठक सोही स्थानमा नै बस्नेछ ।

सोही ठाउँमा सम्पन्न भएको तत्कालिन नेकपा मालेले चौथों महाधिवेसन सम्पन्न गरेको थियो, जहाँवाट मदन भण्डारी पार्टी नेतृत्वमा आएका थिए । मदन भण्डारीको नेतृत्व स्थापित भएको तथा जनताको बहुदलीय जनवादको पृष्ठभुमी तयार भएको सो स्थानमा यसपटक नेकपा एमालेले सचिवालय बैठक राख्ने निधो गरेको थियो । तर, मौसमका कारण अन्तिम समयमा स्थगित गर्नु परेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement