एमालेले लेखामा पोखरेल र महिला मामिला समितिमा शाहलाई उम्मेदवार बनाउने


काठमाण्डु- नेकपा एमालेले सार्वजनिक लेखा समिति र महिला सामाजिक मामिला समितिको उम्मेदवार टुंगो लगाएको छ ।

एमालेले सोमबार हुने निर्वाचनका लागि सार्वजनिक लेखा समितिमा मोरङ २ बाट निर्वाचित सांसद ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने भएको हो ।

त्यस्तै, महिला तथा सामाजिक मामिला समितिमा रौतहट २ बाट निर्वाचित किरणकुमार साहलाई उम्मेदवार बनाउने तयारी गरेको एमाले स्रोतले जनाएको छ ।

संसद्को विषयगत समितिका सभापतिको मनोनयन दर्ता आइतबार हुँदैछ भने निर्वाचन गर्ने अवस्था आएमा सोमबार मतदान हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement