एमाले गण्डकी प्रदेश अधिवेशनको चुनावमा मोबाइल र पर्चा लैजान रोक


पोखरा – नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको चुनावमा मोबाइल, पर्चा, पम्लेट लैजान रोक लगाइएको छ ।

बिहीबार मतदान सुरू हुनुअघि प्यानलगत नबनोस् भन्नका लागि मोबाइल, पर्चा पम्पलेट लैजान रोक लगाइएको छ ।

प्रतिस्पर्धा प्यानलगत नबनोस् भन्न र पार्टी सुदृढ गर्नका लागि मतदान केन्द्रमा प्रवेश गर्दा यस्ता सामग्री लैजान रोकिएको निर्वाचन अधिकृत सुरेन्द्र थापा मण्डलले जानकारी दिए ।

गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले विजय प्राप्त नगर्नेलाई यथोचित जिम्मेवार दिने र भोलिका दिनमा पार्टी सुदृढ बनाउन सबैको भूमिका उल्लेखनीय रहने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement