दाङ एमालेको टोलीले भूकम्प प्रभावित क्षेत्रमा १२ दिनमा बनायो २६ टहरा र ७ कक्षाकोठा


रुकुम पश्चिम – नेकपा एमाले दाङको स्वयंसेवक टोलीले भूकम्प प्रभावित रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१४ मा २६ वटा टहरा निर्माण गरेको छ ।

दाङ जिल्ला कमिटी र राष्ट्रिय युवा संघ घोराही कमिटीको संयुक्त टोलीले एक ५ वटा जस्तापाता सहितको टहरा बनाएर हस्तान्तरण गरेको छ ।

२१ परिवारमा अस्थायी टहरा (जस्तापाता बाहेक) निर्माण गरिएको मिसनमा खटिएका टोलीका संयोजक एमाले दाङका सचिव मनोहर बुढाथोकीले बताए ।

टोलीले एकापरिवारका ५ जनाको मृत्यु भएकाको परिवार साथै बिरु मल्ल, जुद्ध नेपाली, गणेश एमसी र अतिराम मल्लको टिन सहितको टहरा बनाएर हस्तान्तरण गरेको छ । जनविकास मावि टाकुराको क्षतिग्रस्त ६ वटा कोठाको भग्नावशेष हटाई ७ वटा नयाँ कक्षा कोठा निर्माण गरिएको छ । अन्य १७ घरको भग्नावशेष हटाइएको स्वयंसेवक टोलीमा रहेका युवा संघ लुम्बिनीका सदस्य राकेश बुढाथोकी ‘गोल्डेन’ले जानकारी दिए ।

भूकम्पले २९ जनाको ज्यान लिएको आठबिसकोट नगरमा दाङ पार्टी र युवा संघको २८ जनाको स्वयंसेवक दस्ता १२ दिनदेखि परिचालित भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement