एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने


काठमाण्डु- नेकपा एमाले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने भएको छ ।

मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले हुलाकी राजमार्ग कन्द्रित यात्रा गर्ने जानकारी दिएका हुन् ।

‘मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भयो, यसबाट हामी उत्साहित छौं । अब पार्टीले हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने निर्णय गर्छ ।’ तर हुलाकी राजमार्ग केन्द्रित यात्रा सुरु हुने मिति भने उनले बताएनन् ।

नेकपा एमालेले गत मंसिर १४ गतेदेखि पुस ३ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी राजमार्ग केन्द्रित अभियान चलाएको थियो । एमालेले पुस ५ गते काठमाडौंमा बैठक बसेर उक्त अभियानको समीक्षा गर्दै छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement