काठमाण्डु- नेकपा एमालेले सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्टलाई समर्थन गर्ने भएको छ।
मंगलबार बिहान बसेको नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा विष्टलाई समर्थन गर्ने निर्णय गरेको हो। सत्तारुढ दलहरूले सभामुखमा राप्रपालाई सहयोग गर्ने निर्णय गरिसकेका छन् ।
योसँगै विष्ट कोशी प्रदेशका सभामुख बन्ने निश्चित भएको छ। मंगलबार बिहान बसेको कार्यवस्था परामर्श समितिको बैठकले दिउँसो ३ बजे सभामुख चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन्।
प्रतिक्रिया