काठमाण्डु – नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यमा मनोनित ६ जना सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आज मंगलबार नयाँ केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।
एमाले केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटी अधिवेशनअघि अध्यक्षको जिम्मेवारीमा रहेका र १ जना जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।
मनोनित हुनेमा कोशी प्रदेशका पूर्व अध्यक्ष तुलसी न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, बागमतीका केशव पाण्डे, कर्णालीका बिनोद शाह र सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी छन् ।
झापा अध्यक्ष दिपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनित गरिएको छ । एमाले केन्द्रीय कार्यालयमा आज उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रतिक्रिया