एमाले बर्दियाले तोक्यो अधिवेशनको मिति, एकैदिन प्रतिनिधि छनोट गरिँदै

एमाले बर्दियाले तोक्यो अधिवेशनको मिति, एकैदिन प्रतिनिधि छनोट गरिँदै


बर्दिया – नेकपा एमाले बर्दियाको जिल्ला अधिवेशन आगामी वैशाख १४ गतेबाट हुने भएको छ ।

बिहीबार सम्पन्न जिल्ला कमिटीको नवौं बैठकले आगामी वैशाख १४–१६ गतेसम्म अधिवेशन गर्ने निर्णय गरेको छ ।

नेकपा एमालेको बैठकले वैशाख ३ गते जिल्लाका सबै वडामा एकसाथ प्रतिनिधि चयन गर्ने मिति तोकेको छ । प्रतिनिधि छनौटपश्चात वैशाख १४ गतेदेखि अधिवेशन सुरु हुने एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए ।

बैठकले अधिवेशनको तयारीका लागि विभिन्न समिति र उपसमिति बनाएको छ । अधिवेशनको प्रतिनिधि छनोटको मापदण्ड र क्षेत्रको निर्णय पनि गरिएको छ । अध्यक्ष श्रेष्ठले पार्टीले हरेक पालिकादेखि नै राजनीतिक प्रतिवेदन तयार गर्ने बताए ।

अधिवेशनलाई भव्य, सभ्य र पद्धतिअनुसार सञ्चालनका लागि तोकिएको जिम्मेवारी र दायित्व सबैले बहन गर्न आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि एमाले पोलिटव्युरो सदस्य एवं बर्दिया जिल्ला इन्चार्ज लीला गिरीले सबै नेतालाई जिल्ला अधिवेशनको तयारीमा लाग्न निर्देशन दिए ।

बैठकमा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, केन्द्रीय सदस्यहरू लक्ष्मण ज्ञवाली, शोभा ज्ञवाली, भीम केसी, खड्कबहादुर खड्का, निर्वाचन आयोगका सदस्य विमला विक, प्रदेश कमिटी सहसचिव लिला राना लगायका नेताहरूको उपस्थिति रहेको थियो ।