एमाले बैतडीको अध्यक्षमा नरेश विश्वकर्मा सर्वसम्मत

एमाले बैतडीको अध्यक्षमा नरेश विश्वकर्मा सर्वसम्मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी – नेकपा एमाले बैतडीको नवौं जिल्ला अधिवेशनबाट नरेशकुमार विश्वकर्मा सर्वसम्मत अध्यक्ष पदमा चयन भएका छन् ।

सोमबारदेखि सुरु भएको अधिवेशनले मंगलबार अध्यक्ष पदको टुंगो लगाएको छ ।

जिल्ला उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउँद, उपसचिवमा हर्क धानुक, महिला उपसचिवमा पार्वती भट्ट सर्वसम्मत चयन भएका छन् ।

जिल्ला पदाधिकारीको मुख्य पदको जिम्मेवारी सर्वसम्मत चयन भए पनि जिल्ला सदस्यमा बढी आकांक्षी भएकाले मंगलबार अपराह्नसम्म छलफल जारी छ ।

जिल्ला अधिवेशनका लागि एमालेका केन्द्रीय सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदार भण्डारी बैतडी पुगेका थिए ।