सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ, एमाले तत्काल सरकारमा नजाने


काठमाण्डु- सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले शपथ लिएका छन् । बिहीवार साँझ प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई सपथ ग्रहण गराएका हुन् ।

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको सांसदको समर्थनमा सोडारी आज मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले शपथ लिएसँगै सानो आकारको मन्त्रिपरिषद् गठन गर्न चाहेका थिए । तर, नेकपा एमाले मुख्यमन्त्री सोडारी नेतृत्वको सरकारमा तत्काल नजाने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement