बझाङमा एमालेको अग्रता


काठमाण्डु- बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।

प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार छविसपाथिभेरा–१ र २ को गणना सकिंदा एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै रहेको हो । भण्डारीले ७५७ मत पाउँदा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ३८० मत पाएका छन् ।

तेस्रोमा माओवादी केन्द्रका जनक बुढाले २२६ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement