बझाङमा पनि एमाले उम्मेदवार भण्डारीले बढाए मतान्तर


काठमाण्डु- बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले मतान्तर बढाएका छन् ।

८०७२ सदर मतमध्ये भण्डारीले २८९० मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले २२८२ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो नम्बरमा छन् । उनले १७५३ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ९९९ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ६३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement