इलाम २ मा झन् अग्रता बढाउँदै एमालेका सुहाङ, कसको कति मत ?


काठमाण्डु – इलाम २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले झन् अग्रता बढाउँदै लगेका छन् ।

उम्मेदवार सुहाङले १४ हजार ६१३ मत पाउँदा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३११ मत पाएका छन् ।

सुहाङले डम्बरभन्दा ५ हजार ३०२ मत बढी पाएका छन् । जातीय पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ८ हजार ५७० मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार मिलन लिम्बुले २ हजार ५७ मत पाएका छन् । मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement