उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गर्‍यो : प्रदीप ज्ञवाली


काठमाण्डु- नेकपा एमालेका उप महासचिव तथा स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालीले इलाम र बझाङको उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गरेको बताएका छन् ।

पार्टीको तीन दिने कार्यकर्ता प्रशिक्षणका क्रममा बैतडी पुगेका ज्ञवाललीले इलाममा बियज कायम राख्नु र बझाङमा सिट थप्नुले एमालेको लोकप्रियता र राष्ट्रिय राजनीतिमा एमाले अपरिहार्य रैछ भन्ने प्रमाणित भएको बताएका हुन् । उनले यो उपनिर्वाचनले नयाँ हौँ भन्नेहरु र राजा ल्याउछौं भन्नेहरुको अवस्था पनि थाहा भएको बताए ।

‘इलाम र बझाङको निर्वाचनले नयाँ हौँ भन्नेहरुको अवस्था पनि देखियो, राजा फर्काउछौं भन्नेहरुले हजार भोट पनि कटाउन सकेनन्,’ ज्ञवालीले भने । उनले पानी कति तातो चिसो छ भन्ने थाहा पाउन एउटा ओैला डुबाएर परिक्षण गर्दा थाहा हुने बताउदै यो चुनावले एमालेको अवस्था थाहा भएको दाबी गरे ।

कार्यकर्ताहरुमाझ उनले यो चुनावले एमालेलाई उत्साहित बनाएको र यो उत्साहलाई पार्टी निर्माणमा लगाउनु पर्ने धारणा राखे। नेता ज्ञवालीले एमालेलाई चुम्बक जस्तो बनाउने बताउदै जसका वरिपरि सबै सक्कली कम्युनिष्टहरु, सक्कली देशभक्तहरु टासिन आउने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement