एमालेको ‘युथ सेलिब्रेशन’ : ४० वर्षमुनिका १ लाख युवालाई सडकमा ल्याउने

एमालेको ‘युथ सेलिब्रेशन’ : ४० वर्षमुनिका १ लाख युवालाई सडकमा ल्याउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा बैशाख ११ गते काठमाण्डुमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको आयोजना गर्दैछ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रम गर्न लागेको एमाले निकट युवासंघका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए ।

उनले लोकतन्त्रलाई उत्सवको रूपमा मनाउन युवाहरू अघि बढ्नुपर्छ भन्ने धारणाले एमालेभित्र रहेका ४० वर्षमुनिका १ लाख युवालाई सडकमा ल्याउने पनि बताए ।

उनले भने, ‘लोकतन्त्र प्राप्तिको, नेपाली जनताले विजयी गरेको दिनलाई ऐतिहासिक क्षणलाई नेपाली युवाहरूले सेलिब्रेशन गर्नुपर्छ । यो लोकतन्त्रको उत्सव र उत्सवहरूको पनि महाउत्सवको रूपमा युवाहरू अघि बढ्नुपर्छ र एमालेभित्र रहेका ४० वर्षमुनिका युवाहरू यो उत्सवमा सहभागी हुन आएका छौं । तयारी अन्तिम चरणमा पुगिसकेको छ । भोलि एमालेका ४० वर्षमुनिका १ लाख युवाहरूलाई स्वागत गर्न, उत्सवमा सहभागी गराउन र लोकतन्त्र मनाउनको लागि तयारी पूरा भएको छ ।’

लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र मात्र भएको भन्दै उनले उन्नत लोकतन्त्र ल्याउने संकल्पका साथ अगाडि बढ्न सेलिब्रेशन गर्न लागेको बताए ।

उनले भने, ‘अब यो देश निर्माण गर्ने हामी युवाको पालो हो र अब देश बनाउँछौं भन्ने संकल्पका साथ अगाडि बढ्ने घोषणाका साथ यो सेलिब्रेशन गर्दैछौं । हामी सबै युवाहरूको आवाज लोकतन्त्र जिन्दावाद ! यो लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र मात्र छ ।’