एमालेद्वारा बजेटबारे प्रदेशका जनप्रतिनिधिसँग छलफल

एमालेद्वारा बजेटबारे प्रदेशका जनप्रतिनिधिसँग छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेशको नीति तथा कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा नेकपा एमालेले प्रदेश सभाका निर्वाचित जनप्रतिनिधिसँग छलफल गरेको छ ।

एमालेबाट निर्वाचित प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यसँगको भर्चुअल बैठकमार्फत छलफल भएको हो ।

बैठकको आरम्भमा पार्टी उपाध्यक्ष तथा संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले केन्द्र सरकारको तर्फबाट अवलम्बन गरिएका सोच र प्रदेशले बजेट तयार गर्दा ध्यान दिनुपर्ने विषयमा विचार व्यक्त गरे ।

छलफलमा ७ वटै प्रदेशका नेकपा एमाले प्रदेशसभा दलका नेता र मुख्यमन्त्रीहरूले विचार राखेका थिए ।

बैठकको सहजीकरण केन्द्रीय कार्यालयका तर्फबाट गरिएको थियो । बैठकमा पार्टी महासचिव शंकर पोखरेलले पनि धारणा राखेका थिए ।